डोटीमा नमुना मतदानको अभ्यास गरिँदै « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

डोटीमा नमुना मतदानको अभ्यास गरिँदै


१९ कार्तिक २०७९, शनिबार


डोटी । डोटी जिल्लाका विभिन्न पालिकाहरूमा नमुना मतदानको अभ्यासले तीव्रता पाएको छ ।

मङ्सिर ४ गते हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै नमुना मतदान कार्यक्रम शुक्रबार बोगटान फुड्सिल गाउँपालिकामा सञ्चालन गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् ।

उनले भनिन् नमुना मतदान अभ्यासले आम मतदाताहरूलाई सही तरिकाले कसरी भोट हाल्ने, कसरी मतदान गर्दा भोट बदर हुदैन् भन्ने विषयमा जानकारी गराउने उद्देश्यले नमुना मतदान गरिएको प्रजिअ श्रेष्ठले बताइन् ।

निर्वाचन आयोगको कार्यक्रम अनुसार स्थानीय तहका केन्द्र र आसपासका क्षेत्रहरूमा नमुना मतदान कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय डोटीका निर्वाचन अधिकारी करुणाकर पन्तले बताए ।

डोटीको बडिकेदार गाउँपालिकाबाट सुरु भएको नमुना मतदानको कार्यक्रम जोरायल गाउँपालिकापछि शुक्रबार बोगटान फुड्सिलग गाउँपालिकाकामा गरिएको र अन्य पालिकामा पनि निरन्तर गरिने निर्वाचन अधिकारी पन्तले बताए । नमुना मतदानका साथै निर्वाचन शिक्षालाई समेत निरन्तरता दिइरहेको समेत निर्वाचन अधिकारी पन्तले बताए ।

नमुना मतदान कार्यक्रमका साथै जिल्ला निर्वाचन आचार संहिता अनुगमन समितिले डोटीका विभिन्न स्थानहरूमा मतदान स्थल र आचारसंहिताको को निरन्तर अनुगमन गरिहरेको निर्वाचन कार्यालयले जनाएको छ ।

आयोगले आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष पूरा भई फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता भएका मतदाताहरूले मात्र मतदान गर्न पाउने छन् । डोटी जिल्लामा एक लाख २४ हजार ८ सय ७० मतदाता रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस