नेकपा एसका धनगढी नगर अध्यक्षसहितका नेता एमालेमा प्रवेश « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेकपा एसका धनगढी नगर अध्यक्षसहितका नेता एमालेमा प्रवेश


१८ कार्तिक २०७९, शुक्रबार


 धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीका धनगढी उपमहानगर कमिटी अध्यक्ष मदन रेग्मीसहितका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको निवास अत्तरियामा शुक्रबार बिहान आयोजना गरिएको कार्यक्रममा उनीहरू पार्टीमा प्रवेश गरेका हुन् । उनीहरूलाई पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

एमाले प्रवेश गर्नेमा एकीकृत समाजवादी निकट युवा सङ्घ नेपालका स्थायी कमिटी सदस्य राजेन्द्र बम, पार्टी जिल्ला सचिवालय सदस्य भक्तराज जोशी, अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य रमेश धामी, धनगढी उपमहानगर कमिटी सदस्य चक्र कुँवर, अखिल नेपाल महिला सङ्घकी नगर कमिटी सचिव पवित्रा बोहरा लगायतका छन् ।

विप्लव नेतृत्वका नेकपाका जिल्ला कमिटी सदस्य खुस्बु राना, नेपाली काँग्रेसका क्रियाशील सदस्य तथा गोदावरी नगर कमिटी सदस्य बाली साउद लगायतका कार्यकर्ता पनि पार्टी प्रवेश गरेको एमालेले जनाएको छ ।

एमालेले शुक्रबारदेखि दार्चुलाबाट देशव्यापी चुनावी अभियानलाई शुभारम्भ गर्न पार्टी अध्यक्ष ओली बिहीबार सुदूरपश्चिम आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस