पोखरा विमानस्थलको ‘ग्राउन्ड ह्यान्डिलिङ’ नेपाल एयरलाइन्सले नपाउने « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

पोखरा विमानस्थलको ‘ग्राउन्ड ह्यान्डिलिङ’ नेपाल एयरलाइन्सले नपाउने


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डिलिङ सेवा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले नपाउने भएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले पोखराको ग्राउन्ड ह्यान्डिलिङ आफैंले गर्ने बताएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डिलिङ सेवा वायुसेवा निगमले दिइरहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अहिलेसम्म निगमले नै यो काम गरिररहेको छ ।

प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीका अनुसार ग्राउन्ड हृयान्डिलिङका धेरै विवाद भएसँगै अब प्राधिकरण आफैले यस्तो सेवा चलाउने निर्णय भएको हो । ‘यो प्राधिकरण आफैंले चलाउँछ, वा प्रतिस्पर्धामा निर्णय हुन्छ,’ उनले भने ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रतिस्पर्धाका आधारमा यस्तो सेवा दिनेबारे निर्णय हुने उनले जानकारी दिए ।

पछिल्लो समय हिमालय एयरलाइन्सले त्रिभुवन विमानस्थलमा आफैं र गौतमबुद्धमा व्यापारिक ग्राउन्ड ह्यान्डिलिङ सेवा दिनु पर्ने माग गरेको छ । महानिर्देशक अधिकारीका अनुसार भैरहवामा समेत प्रतिस्पर्धाका आधारमा मात्र यसबारे निर्णय हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस