२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा १६ अंकको गिरावट, कारोबार रकप पनि घट्यो

अ+ अ-

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । तिहार पछिको तीन कारोबार दिनमा लगातार वृद्धि हुँदा करिब ८० अंकले बढेको नेप्से बिहीबार भने घटेर बन्द भएको छ ।

बिहीबार बजार परिसूचक नेप्से १६.१४ अंक (०.८३ प्रतिशत) ले गिरावट भएर १९२२.१६ अंकमा बन्द भएको हो । बिहीबार जीवन बीमा र निर्जीवन बीमा उपसूचकमा सामान्य वृद्धि भएपनि अन्य सबै उपसूचक घटेको छ । जीवन बीमा उपसूचक ०.०२ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.०१ प्रतिशतले घटेको छ ।

नेप्सेमा करेक्सन हुँदा कारोबार रकम पनि घटेको छ । मंगलबार १ अर्ब माथिको कारोबार भएको बजारमा बुधबार करिब डेढ अर्ब पुगेको थियो । तर, बिहीबार भने कारोबार रकम घटेर पुनः अर्बबाट तल झरेको छ ।

बिहीबार नेप्सेमा २७ लाख ६७ हजार ५३९ कित्ता सेयर किनबेच हुँदा ८९ कारोड ८९ लाख ८ हजारको कारोबार भएको छ । जसमध्ये एभरेष्ट बैंकको ४ करोड ३ लाख ५१ हजारको कारोबार हुँदा गरिमा विकास बैंकको संस्थापक सेयर ३ करोड ६० लाख १८ हजार र अरुण कावेली पावर कम्पनीको ३ करोड ४५ लाख ४० हजारको कारोबार भएको छ ।

बिहीबार बजारमा कुल १८५ कम्पनीको सेयर कारोबार हुँदा १५३ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै २७ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ५ कम्पनीको भने स्थिर छ ।

उच्च लाभांश प्रस्ताव गरेको युनिलिभर नेपालको सेयर मूल्य सर्वाधिक ६.५६ प्रतिशतले वृद्धि हुँदा नबिल ब्यालेन्स फण्ड २ को इकाइ मूल्य ५.९२ प्रतिशत र सेञ्चुरी डिवेञ्चर २०८८ को मूल्य ३.१८ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस