सरकारी कार्यालयमा ‘टाइम कार्ड’ लागु गर्ने स्वतन्त्र पार्टीको घोषणा « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

सरकारी कार्यालयमा ‘टाइम कार्ड’ लागु गर्ने स्वतन्त्र पार्टीको घोषणा


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि आफ्नो वाचा पत्र सार्वजनिक गरेको छ ।

रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको वाचा पत्रमा चालन ‘सुशासन : जनताको लागि सरकार सञ्चालन’ भन्ने शीर्षकमा सरकारी कार्यालयको सेवाको विषयमा उल्लेख गर्दै सबै सरकारी सेवा तोकिएको समयमा गर्न ‘टाइम कार्ड’ लागु गर्ने बताएको हो ।

वाचा पत्रमा लेखिएको छ, ‘निर्धारित समय भित्र सेवा प्रदान नगर्ने कार्यालय तथा सरकारी कर्मचारीलाई दण्डित र लक्षित नतिजा हासिल गर्नेलाई पुरस्कृत गरिनेछ ।’ स्वतन्त्र पार्टीले निर्धारित समयमा सेवाग्राहीले सेवा नपाए क्षतिपूर्ति दिने समेत उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस