बस दुर्घटना हुँदा २२ जना घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बस दुर्घटना हुँदा २२ जना घाइते


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । नवलपरासी बर्दाघाट सुस्ता पूर्वमा भएको बस दुर्घटनामा २२ जना घाइते भएका छन् ।

गैँडाकोट नगरपालिका ९ स्थित जयश्री पुल नजिकै आज बिहानै भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा चालक सहित २२ जना घाइते भएका हुन् ।

भारतको गुजरातबाट पशुपति दर्शनको लागि काठमाडौँ आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आज बिहान सवा ५ बजे पल्टिएको थियो ।

घाइतेहरूलाई उपचारको लागि भरतपुर चितवनतर्फ पठाइएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस