राष्ट्रिय स्वतन्त्र पार्टीले आज ‘वाचा पत्र’ सार्वजनिक गर्दै « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

राष्ट्रिय स्वतन्त्र पार्टीले आज ‘वाचा पत्र’ सार्वजनिक गर्दै


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरूले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन् ।

प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने केही दल अझै बाँकी रहेका छन् ।

यही निर्वाचनमार्फत पहिलो पटक चुनावमा होमिन लागेको पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज बिहीबार वाचा पत्र सार्वजनिक गर्ने भएको छ ।

पार्टीले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको एक कार्यक्रममा सभापति रवि लामिछानेको उपस्थितिमा वाचा पत्र सार्वजनिक गरिने सो पार्टीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस