कर घटाउने गण्डकी सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्न निर्देशन « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कर घटाउने गण्डकी सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्न निर्देशन


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले करको दर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्न निर्देशन दिएको छ ।

आयोगको बुधबार बसेको बैठकले करको दर हेरफेर गर्ने निर्णय बदर गरी २४ घण्टाभित्र आफूलाई जानकारी गराउन निर्देशन दिएको हो ।

साथै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थमन्त्री रामजी बराल, मुख्यसचिव र आर्थिक मामिला सचिवलाई किन कारबाही नगर्ने भनेर स्पष्टीकरण सोधेको छ ।

गण्डकी प्रदेश सरकारले ८ असोजमा घरजग्गा र सवारी कर घटाउने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस