विकासमा बुटवलले असाधारण फड्को मार्छ : विष्णु पौडेल « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विकासमा बुटवलले असाधारण फड्को मार्छ : विष्णु पौडेल


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पूर्वाधार तथा विकासको क्षेत्रमा बुटवलले असाधारण फड्को मार्ने दाबी गरेका छन् । सुरु गरिएका ठूला विकासका आयोजना सम्पन्न भएपछि यहाँको विकास मुलुककै लागि नमुना देखिने उनको दाबी छ । 

ठूला पूर्वाधार निर्माणका कामलाई कसैले पनि राजनीतिक रङ नदिएर सम्पन्न गर्दा यहाँका बासिन्दाको जीवनस्तरमा उल्लेख्य सुधार हुने उनले दाबी गरे । बुटवल-११ प्रगतिनगरमा बुधबार मतदाताहरूसँग अन्तरक्रिया गर्दै पौडेलले तिनाउ-दानव करिडोर निर्माण भएपछि बुटवल नमुना सहरको रूपमा विकास हुने दाबी गरे । करिडोर निर्माणको नाममा यहाँका कुनै पनि बासिन्दालाई विचलित नपारिने उनले स्पष्ट पारे । 

नदी नियन्त्रण गरी व्यवस्थित सहर निर्माण गर्ने उद्देश्यले करिडोर निर्माणको काम अघि बढाइएको बताउँदै उनले कोरिडोर क्षेत्रमा पर्ने घरपरिवारलाई समेत व्यवस्थित र सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताए । 

एमाले पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री लीला गिरीले एमाले सरकारमा सुरु गरिएका पूर्वाधार निर्माण र विकासका कामलाई पूर्णता दिन ४ मंसिरमा जनताले सूर्यमा मतदान गर्न आग्रह गरे । जनताको समस्या बुझ्न र विकासका लागि एमालेको नेतृत्व अनिवार्य रहेको बताउँदै उनले आगामी मंसिरमा जनताले एमालेकै पक्षमा फैसला गर्ने दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस