मानुषी भोट माग्दै पुगिन् अष्टलक्ष्मीको घर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मानुषी भोट माग्दै पुगिन् अष्टलक्ष्मीको घर


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनको उम्मेदवार मानुषीयमी भट्टराई मत माग्दै एमाले नेता अष्टलक्ष्मी शाक्यको घरमा पुगेकी छन् ।

मानुषीसँगको भेटमा अष्टलक्ष्मीले अहिले आफूहरूको बाटो अलग-अलग भए पनि नमिली सुखै नभएको बताइन् ।उनले भनिन्, ‘अब यथास्थितिमा अलग–अलग भएर गाली गलौजबाट नमिली सुखै छैन, हाम्रो देश बनाउने हो भने ।’

मानुषीले पनि अष्टलक्ष्मी प्रेरणाको स्रोत र अग्रज नेता भएको भन्दै उनले सुशासन र समृद्धिको बाटोमा अगाडि बढ्ने बताइन् ।

उनले भनिन्, ‘उहाँहरूले यति सङ्घर्ष गरेर ल्याउनु भएको व्यवस्थाप्रति सम्मान गर्दै, त्यसैलाई आधार मानेर सुशासन र समृद्धिको बाटोमा हामी एक ढिक्का भएर, एउटै मिसन बनाएर युवापुस्ता जान आतुर छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस