आफ्नै कर्मचारीमाथि बलात्कार प्रयासको अभियोग लागेका इन्स्पेक्टर जेल चलान  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आफ्नै कर्मचारीमाथि बलात्कार प्रयासको अभियोग लागेका इन्स्पेक्टर जेल चलान 


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । आफ्नै कर्मचारीलाई जबरजस्ती करणी प्रयास गरेको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका इन्स्पेक्टर अपूर्व ढुङ्गाना पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत धादिङले उनलाई मंगलबार थुनामा पठाउने आदेश दिएको हो। 

इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यालय प्रमुखका रूपमा कार्यरत रहेका वेला उनले आफ्नै कार्यालयमा कार्यरत एक महिला प्रहरीमाथि बलात्कार प्रयास गरेका थिए। पीडित महिला प्रहरीको उजुरीका आधारमा गत १५ असोजमा जिल्ला प्रहरी कार्यालय धादिङले उनलाई नियन्त्रणमा लिएको थियो। मध्यराति महिला ब्यारेकमा गएर उनले बलात्कार प्रयास गरेको पीडितको उजुरी छ। 

उनीविरुद्ध जबरजस्ती करणी उद्योग मुद्दा दायर भएकोमा जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशअनुसार उनलाई कारागार पठाइएको जिप्रका धादिङले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस