२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करोडौँ मूल्यको जग्गा कीर्ते गरेको भन्दै उजुरी, के भन्छ प्रहरी प्रशासन ?

अ+ अ-

काठमाडौँ । जनकपुरधाममा करोडौँ मूल्यको झण्डै ३ कठ्ठा व्यक्तिगत जग्गा कीर्ते गरी अर्कैको नाममा दर्ता भएको भन्दै उजुरी परेको छ । आफ्नो जग्गा अर्कैले नामसारी गरेको खुलेपछि पीडितले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका-२ जनकचोकमा स्वर्गीय गीतारानी हमालको नाममा रहेको २ कठ्ठा ५ धुर ३ कनुवा र १४ धुर ३ कनुवा जग्गा कीर्ते गरेको भन्दै गीतारानीका छोरा देशपाल सिंह हमालले स्थानीय प्रकाशजंग राणाविरुद्ध जाहेरी दर्ता भएको हो । राणाविरुद्ध सरकारी कागजात कीर्ते र ठगीसम्बन्धी कसूरमा जाहेरी परेको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक रायले जानकारी दिए ।

धुरको कम्तीमा ५० लाख रुपैयाँ पर्ने जग्गा कीर्ते गरेर राणाले आफ्नो नाममा पास गरेको खुलेपछि उजुरी दिएको जग्गाधनी गीतारानी हमालका छोरा देशपाल सिंहले बताएका छन् ।

राणाले कीर्ते कागजातको आधारमा गीतारानीको नाममा रहेको कित्ता नं.१७० बाट १४ धुर ३ कनमाको कि.नं. २७५ र २ कट्ठा ५ धुर ३ कनमा क्षेत्रफलको कि.नं. २७६ कायम गराएको जाहेरीमा उल्लेख छ ।

जनकपुरधामको जनकचोकमै रहेको सो जग्गा ५० करोडभन्दा बढी मूल्यको रहेको सिंहले बताए । मालपोत र नापी कार्यालयले सो जग्गा विषयमा यथार्थ लिखित जानकारी दिएपछि प्रहरीले जाहेरी दर्ता गरेको उनको भनाइ छ ।