करोडौँ मूल्यको जग्गा कीर्ते गरेको भन्दै उजुरी, के भन्छ प्रहरी प्रशासन ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

करोडौँ मूल्यको जग्गा कीर्ते गरेको भन्दै उजुरी, के भन्छ प्रहरी प्रशासन ?


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । जनकपुरधाममा करोडौँ मूल्यको झण्डै ३ कठ्ठा व्यक्तिगत जग्गा कीर्ते गरी अर्कैको नाममा दर्ता भएको भन्दै उजुरी परेको छ । आफ्नो जग्गा अर्कैले नामसारी गरेको खुलेपछि पीडितले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका-२ जनकचोकमा स्वर्गीय गीतारानी हमालको नाममा रहेको २ कठ्ठा ५ धुर ३ कनुवा र १४ धुर ३ कनुवा जग्गा कीर्ते गरेको भन्दै गीतारानीका छोरा देशपाल सिंह हमालले स्थानीय प्रकाशजंग राणाविरुद्ध जाहेरी दर्ता भएको हो । राणाविरुद्ध सरकारी कागजात कीर्ते र ठगीसम्बन्धी कसूरमा जाहेरी परेको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक रायले जानकारी दिए ।

धुरको कम्तीमा ५० लाख रुपैयाँ पर्ने जग्गा कीर्ते गरेर राणाले आफ्नो नाममा पास गरेको खुलेपछि उजुरी दिएको जग्गाधनी गीतारानी हमालका छोरा देशपाल सिंहले बताएका छन् ।

राणाले कीर्ते कागजातको आधारमा गीतारानीको नाममा रहेको कित्ता नं.१७० बाट १४ धुर ३ कनमाको कि.नं. २७५ र २ कट्ठा ५ धुर ३ कनमा क्षेत्रफलको कि.नं. २७६ कायम गराएको जाहेरीमा उल्लेख छ ।

जनकपुरधामको जनकचोकमै रहेको सो जग्गा ५० करोडभन्दा बढी मूल्यको रहेको सिंहले बताए । मालपोत र नापी कार्यालयले सो जग्गा विषयमा यथार्थ लिखित जानकारी दिएपछि प्रहरीले जाहेरी दर्ता गरेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस