अन्तरिक्षमा नेपालकै स्याटेलाइट स्थापना गर्ने एमालेको घोषणा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

अन्तरिक्षमा नेपालकै स्याटेलाइट स्थापना गर्ने एमालेको घोषणा


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेले अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने घोषणा गरेको छ ।

प्रतिनिधिसभा तथा तथा प्रदेशसभा निर्वाचनका लागि एमालेले जारी गरेको घोषणापत्रमा एमालेले लामो समयदेखि अलपत्र परेको नेपालको अर्बिटल स्लटलाई नेपालकै स्वामित्वमा आफ्नै नेतृत्वको सरकारले ल्याएको बताएको छ ।

उक्त अर्बिटल स्लट उपयोग गरी अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गरिने एमालेले बताएको छ । ‘ब्याण्डविथको भुक्तानीका लागि विदेशिने गरेको ठूलो रकम बाहिरिनबाट रोकिने छ’ एमालले भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस