चुनाव प्रचार गाडीको ठक्करबाट एकको मृत्यु, गठबन्धन उम्मेदवार यादवविरुद्ध प्रदर्शन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चुनाव प्रचार गाडीको ठक्करबाट एकको मृत्यु, गठबन्धन उम्मेदवार यादवविरुद्ध प्रदर्शन


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । सर्लाही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवको चुनावी प्रचारमा हिँड्ने स्कार्पियो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

नम्बर खुल्न नसकेको सेतो रङ्गको गाडीले सखुवामा ज १० प १३०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि सोनबरसाका २२ वर्षीय नेक महमद ‌र मलंगवा नगरपालिका-९ का एकरामुल साफीका १० वर्षीय छोरा असलम साफी घाइते भएका थिए ।

घाइते दुबै जनालाई उपचारका लागि मलंगवा लगिएको थियो । घाइते नेक महमदको उपचारकै क्रममा मृत्यु भएको छ । साफीको उपचार जारी छ ।

ठक्कर दिने गाडी उम्मेदवार यादवको रहेको भन्दै उनीविरुद्ध मलंगवाको सहिद चोकमा प्रदर्शन गरिएको छ । घाइतेका आफन्त र स्थानीयले उम्मेदवार यादव र माओवादीविरुद्ध नाराबाजी गर्दै दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादव नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस