एमालेको घोषणापत्र : पूर्व-पश्चिम विद्युतीय रेलमार्ग सञ्चालन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमालेको घोषणापत्र : पूर्व-पश्चिम विद्युतीय रेलमार्ग सञ्चालन


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेले पूर्व-पश्चिम विद्युतीय रेलमार्ग सञ्चालनको योजना अघि सारेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित गर्दै एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा देशका विभिन्न भागमा रेल यातायात सञ्चालन गर्ने योजना समेटिएको छ ।

‘निर्माणाधीन पूर्व–पश्चिम रेलमार्गको बर्दिबास-निजगढ खण्डको निर्माण कार्य सम्पन्न गरी रेल सञ्चालन गरिने छ,’ एमालेले घोषणापत्रमा भनेको छ, ‘निजगढ–बुटवल खण्डको निर्माण कार्य अघि बढाइने छ ।’ बाँकी भागको जग्गा अधिग्रहण कार्य गर्ने एमालेले जनाएको छ ।

यस्तै, रसुवागढी-काठमाडौँ रेलमार्ग र वीरगञ्ज-काठमाडौँ रेलमार्ग निर्माण प्रक्रिया सुरु गर्ने तथा सबै महानगरमा र काठमाडौँ उपत्यकामा मेट्रो रेल, सहरी केवलकार एवं पडवे जस्ता आधुनिक परिवहन सेवा सञ्चालनका लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि एमालेले घोषणापत्रमा जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस