काठमाडौँको न्युरोडमा एक पुरुषको शव फेला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँको न्युरोडमा एक पुरुषको शव फेला


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँको न्युरोडमा एक पुरुषको शव फेला परेको छ । जुद्ध सालिक नजिकको एक मन्दिरभित्र आज बिहान शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

अन्दाजी ५५/५६ वर्षको पुरुषको शव फेला परेको हो । प्रहरीका अनुसार उनी ज्याला मजदुरीको काम गर्दै आएका व्यक्ति हुन् । तर सनाखत हुन बाँकी छ ।

उनको टाउकोमा चोट देखिएको छ । घटनास्थलमा ढोकामा लगाउने आग्लो जस्तो लामो काठ पनि फेला परेको छ । घटनाको प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस