राजस्व अनुसन्धान विभागको महानिर्देशकमा मदन दहाल नियुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा मदन दहाल नियुक्त


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ। राजस्व अनुसन्धान विभागको महानिर्देशकमा मदन दहालको सरुवा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासन महाशाखा प्रमुखसमेत रहेका दहाललाई महानिर्देशकमा नियुक्ति गरेसँगै विभागका महानिर्देशक झलकराम अधिकारीलाई प्रधानमन्त्री कार्यालय तानिएको छ । अधिकारीले १ असारमा मात्रै विभागमा पद बहाली गरेका थिए ।

सम्बन्धित समाचार : राजस्व अनुसन्धान विभागका महानिर्देशक अधिकारीद्वारा पद बहाली

नवनियुक्त महानिर्देशक दहाल अर्थ मन्त्रालय अन्तर्गत २५ वर्ष काम गरेका छन् । अर्थकै क्याडर रहेका दहाल यसअघि पनि विभागमा निर्देशक बसिसकेका छन् ।

चर्चित नक्कली बिलको अनुसन्धान टोलीका सदस्यसमेत रहेका दहाल एनसेलको ६२ अरब कर निर्धारण समितिमा रहेका थिए । उनी बुधबार(भोलि) हाजिर हुने बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस