सुस्तामा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, दुई गम्भीर घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुस्तामा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, दुई गम्भीर घाइते


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । पश्चिम नवलपरासीको सुस्तामा सोमबार अपराह्न डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । घाइतेहरूको बर्दघाटस्थित चौपत्ता अस्पतालमा उपचार भइरहेको छ । 

मृत्यु हुनेमा सुस्ता गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने नर्सही गोकुलनगरका युवा हुन् । उनीहरूको पहिचान खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ । 

सुस्ता ३ र ४ को बीचमा पर्ने थुम्कोमा सोमबार दिउँसो पिकनिक खान गएका युवाहरू ढुङ्गा चढेर फर्कँदै गर्दा दुर्घटनामा परेका हुन् । तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

पिकनिक खान गएका सातमध्ये दुईजना हिँडेर फर्किएकाले डुङ्गामा पाँच जना थिए । दुर्घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस