म अहिले पनि प्रतिगमनविरुद्ध नै लडिरहेको छु : मिलन पाण्डे  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

म अहिले पनि प्रतिगमनविरुद्ध नै लडिरहेको छु : मिलन पाण्डे 


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । विवेकशील साझाका नेता तथा काठमाडौँ ९ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका मिलन पाण्डेले अहिले पनि प्रतिगमनविरुद्ध लडेको बताएका छन्। उनले आसन्न निर्वाचनमा आफ्नो लडाइँ विधिको शासनका निम्ति र प्रतिगमनविरुद्ध रहेको बताएका हुन्। 

आज नैकापमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले विगत लामो समय उनले पार्टीभित्र प्रतिगमनविरुद्ध लड्नुपरेको र अहिले फेरि यो क्षेत्रमा पनि प्रतिगमनकै विरुद्ध लडिरहेको बताए। 

संविधान मिच्दा र संसद् विघटन हुँदा कृष्णगोपाल श्रेष्ठले प्रतिगमनको समर्थन गरेको र नागरिकको मतको अपमान गरेको उनको भनाइ थियो। उनले ओम्नी काण्ड हुँदा, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारमा उनको मौनता स्मरण गर्न मतदातालाई आग्रह गरे। 

काठमाडौँ ९ बाट उम्मेदवारी दिएका पाण्डेले अहिलेको निर्वाचन योग्य युवा र वर्षौँ राजनीतिलाई दोहन गरिरहेको प्रवृत्तिबीच मुख्य लडाइँ रहेको बताए। 

पाण्डेले गुणस्तरीय शिक्षा, निःशुल्क स्वास्थ्य सेवा, योग्यता, क्षमताअनुसारको रोजगारी र सरकारीको सेवाको होम डेलिभरी गर्नेजस्ता विषयलाई नीतिगत हिसाबले संसदमा उठाउनुपर्ने समेत बताएका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस