घनश्याम भुसालमा राजनीतिक चरित्र छैन : छविलाल विश्वकर्मा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

घनश्याम भुसालमा राजनीतिक चरित्र छैन : छविलाल विश्वकर्मा


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले घनश्याम भुसालमा राजनीतिक चरित्र नभएको बताएका छन् ।

रुपन्देही-१ को प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका विश्वकर्माले एक पटक टिकट नपाउँदैमा पार्टी छाडेर रातारात विपक्षीको उम्मेदवार घनश्यामले पार्टीलाई पटक(पटक धोका दिएको आरोपसमेत लगाए ।

एमाले, राप्रपा र जसपाले आइतबार देवदहमा गरेको चुनावी सभामा बोल्दै विश्वकर्माले अरूलाई चुनावदेखि चुनावसम्मको राजनीति गरेको आरोप लगाउने भुसालले एउटा चुनावमा टिकट नपाउने बित्तिकै विपक्षीसँग मिलेमतोमा जानुले उनको असली मुखुण्डो उदाङ्गो भएको टिप्पणी गरे ।

रुपन्देही-१ मा भुसाल सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका छन् । आफूलाई दलाल पुँजीवादको विरोधी भन्ने भुसालले दलाल पुँजीवादको अगुवा नेपाली काँग्रेस र माओवादीसँग साँठगाँठ गरेर आफ्नै पार्टीको सरकार ढालेर प्रतिपक्षलाई सत्ता सुम्पेको र पार्टी विभाजनमा भूमिका खेलेको भन्दै विश्वकर्माले भुसालको आलोचना गरे ।

भुसालले विगतमा पनि पार्टी विभाजन गरेको र सिद्धान्तको आवरणमा सधैँ नेतृत्वलाई कमजोर बनाई विपक्षीलाई खुसी बनाउने काममा रमाएको विश्वकर्माले आरोप लगाए ।

राष्ट्रिय राजनीतिमा स्वतन्त्र उम्मेदवारको कुनै भूमिका नहुने विश्वकर्माले बताए । सत्ता सत्ता गठबन्धनका कारण देशको राष्ट्रियता कमजोर बनेको भन्दै उनले राष्ट्रियता जोगाउन राप्रपा र जसपासंग तालमेल गर्नुपरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस