‘नो नट अगेन’ का अभियन्तालाई कारबाही गर्ने आयोगको निर्देशनविरुद्ध रिट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘नो नट अगेन’ का अभियन्तालाई कारबाही गर्ने आयोगको निर्देशनविरुद्ध रिट


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । निर्वाचन आयोगले ‘नो नट अगेन’ का अभियन्तालाई साइबर कानुन अन्तर्गत कारबाही गर्न दिएको निर्देशनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आयोगले प्रेस विज्ञप्तिमार्फत दिएको निर्देशनविरुद्ध सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

आयोगले ‘नो नट अगेन’ अभियानका अभियन्ताहरूलाई यससम्बन्धी फेसबुकलगायत सबै सामाजिक सञ्जाल तत्काल हटाउन/बन्द गर्न कात्तिक ८ गते निर्देशन दिएको थियो। नहटाएमा साइबर कानून अन्तर्गत कारबाही गर्ने चेतावनी दिएको थियो।

‘आयोगले प्रेस विज्ञप्ति जारी गर्दै मतदाताहरूलाई संविधान प्रदत्त मौलिक हकको उपभोगमा अवरोध तथा कुण्ठा उत्पन्न भई अपूरणीय क्षति पुग्न जाने हुँदा यो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म उक्त प्रेस विज्ञप्ति कार्यान्वयन नगर्नु नगराउनु, सो आधारमा कुनै पनि नागरिकलाई यससम्बन्धी विषयलाई लिएर धरपकड एवं मुद्दा नचलाउन अन्तरिम आदेशसमेत जारी गरी पाउँ’ अधिवक्ता त्रिपाठीको रिट निवेदनमा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस