बैतडी काँग्रेसद्वारा पार्टीविरुद्धका उम्मेदवार र समर्थकलाई कारबाही « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बैतडी काँग्रेसद्वारा पार्टीविरुद्धका उम्मेदवार र समर्थकलाई कारबाही


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिने नेता कार्यकर्ताहरूलाई बैतडी काँग्रेसले धमाधम कारबाही गरिरहेको छ ।

आम निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी उम्मेदवारी दिने र उनीहरूको पक्षमा मत माग्नेहरूलाई काँग्रेसले कारबाही गरिरहेको हो ।

काँग्रेसले दलित सङ्घ बैतडीका अध्यक्ष रमेश कोली, नेताहरू हरिमोहन भण्डारी, केशव चन्द र भीम नाथ लगायतलाई पार्टीबाट निष्कासन गरेको हो ।

बैतडी काँग्रेसको अनुशासन समिति संयोजक देवराज जोशीका अनुसार उनीहरूले पार्टीविरुद्ध उम्मेदवारी दिएको र स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको कारबाही गरिएको हो ।

यस्तै नेपाली काँग्रेसका पाटन नगर सभापति मानबहादुर ऐरलाई पनि स्पष्टीकरण सोधिएको छ । पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध ‘बागी’उम्मेदवारलाई सहयोग गरेको भन्ने प्रमाण प्राप्त भएकाले ३ दिन भित्र स्पष्टीकरण पेस गर्न भनिएको काँग्रेसले जनाएको छ ।

बैतडीमा काँग्रेसबाट विद्रोह गरी केशव चन्दले सङ्घ र हरिमोहन भण्डारीले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको पक्षमा खुलेका नेताहरूलाई पार्टीले कारबाही गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस