२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीप लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता, १२ वर्ष कैद सजाय माग

अ+ अ-

काठमाडौँ । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

सरकारी वकिलको कार्यालय काठमाडौँले सोमबार दिउँसो मुद्दा दर्ता गरेको प्रमुख तथा सहन्यायाधीवक्ता अच्यूतमणि न्यौपानेले जानकारी दिए।

अदालतका सूचना अधिकारी दीपक दाहालले आज मुद्दा दर्ता भएपनि भोलिमात्रै थप प्रक्रिया अघि बढ्नेछ।

जिल्ला प्रहरी परिसर काठमाडौँ प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार सुरु भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन।

प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ।

उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय मागदाबी गरेको हो।

यस्तै पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै मागदाबीसमेत गरेको परिसर स्रोतले बतायो। क्षतिपूर्ति दिन प्रहरीले लामिछानेको सम्पत्ति पनि छानबिन गरेको खुलेको छ।

प्रहरीले लामिछानेविरुद्ध होटेलका सिसिटिभी फुटेज, बयान, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेस गरेको छ।

लामिछानेले इन्कारी बयान दिँदै आएका छन्। तर प्रहरीले यसमा उनीविरूद्धको मुद्दा पुष्टि हुने प्रमाण सङ्कलन गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

यस्तै उनीहरूबीच भएका कुराकानीका च्याटहरू पनि रिकभर गरेको छ। प्रहरीले अर्का क्रिकेटर देव खनाल, होटेलका सञ्चालक, होस्टेल सञ्चालक लगायतसँग बयान लिएको छ।

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका लामिछाने गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। प्रहरीले उनलाई पक्राउ गर्न डिफ्युजन नोटिस समेत जारी गरेको थियो।

लामिछानेमाथि भदौ ५ गते काठमाडौँको एक होटेलमा नाबालिगलाई पटक(पटक बलात्कार गरेको आरोप लागेको थियो।

भदौ ६ गते बिहान होटेलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्ट इन्डिज गएका थिए।

उक्त लिग भइरहँदा काठमाडौँको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो।

प्रहरीले काठमाडौँको उक्त होटेलको सिसिटिभी फुटेजलाई पनि प्रमुख प्रमाणको रूपमा लिएको छ।

उक्त फुटेजमा उनी करिब ७ घण्टा होटेलमा बसेको देखिन्छ। उनीहरू राति ११स्५५ मा होटेल पसेको देखिएको छ। त्यहाँ उनीहरू कोठा नम्बर ३०५ मा बसेका थिए।

सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रङ्गको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्। त्यहाँ करिब सात घण्टा बसेर भदौ ६ गते बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटेलबाट फर्किएको फुटेजमा देखिन्छ।

यस्तै प्रहरीले नगरकोटको होटेलबाट पनि सिसिटिभी फुटेज रिकभर गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस