सत्ता केन्द्रित राजनीति नगर्ने राप्रपाकाे प्रतिबद्धता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सत्ता केन्द्रित राजनीति नगर्ने राप्रपाकाे प्रतिबद्धता


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित घोषणा पत्रमा सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता जनाएको छ ।

आज नै सार्वजनिक भएकाे घोषणापत्रमा राप्रपाले यस्तो प्रतिबद्धता जनाएको हाे ।

विगतको सत्ता केन्द्रित राजनीतिका कारण प्राप्त तितो अनुभवबाट शिक्षा लिँदै राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता जनाएको हाे ।

जनताको चाहना र अभिमतलाई आफ्नो मूल आधार मानेर राप्रपाले आगामी संसदमा आफ्नो भूमिका निर्धारण गर्ने पनि घोषणा पत्रमा उल्लेख गरेकाे छ ।

Tags :
प्रतिक्रिया दिनुहोस