रोकियो रियल मड्रिड बराबरी « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

रोकियो रियल मड्रिड बराबरी


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । स्पानिस ला लिगामा रियल मड्रिड गिरोनासँग बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा रियलले पहिले अग्रता लिए पनि कायम राख्न नसक्दा गिरोनासँग १-१ को बराबरी खेल्दै अङ्क बाँडेको हो ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा ७०औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

तर १० मिनेटपछि नै गिरोनाले पेनाल्टीमा बराबरी गोल फर्काए । गिरोनाका क्रिस्टियन स्तुअनीले पेनाल्टीमा गोल गरे । इन्जुरी टाइमको पहिलो मिनेटमा रियलका टोनी क्रुस रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस