६० कटेका उम्मेदवारलाई मतदान गर्दिन : दीपकराज गिरी  « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

६० कटेका उम्मेदवारलाई मतदान गर्दिन : दीपकराज गिरी 


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । अभिनेता दीपकराज गिरीले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘छक्कापञ्जा’ अभिनेता दीपकले घुमाउरो ढङ्गले दलका शीर्ष नेतालाई मतदान नगर्नेतर्फ सङ्केत गरेका हुन् ।

किनभने शीर्ष नेताहरूको उमेर ६० भन्दा माथि छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लक्षित गर्दै कुनै नेपाली सेलिब्रिटीको यस्तो अभिव्यक्ति आएको हो ।

दीपक लेख्छन्, ‘सबै फूल गुलाफ हुँदैनन् । सबै स्वतन्त्र बालेन हुँदैनन् । आफ्नो भोट खेर फाल्दिन । ६० कटेकालाई हाल्दै हाल्दिन ।’

पछिल्लो समय शीर्ष नेताहरूलाई लक्षित गर्दै ‘नो नट अगेन’ चलिरहेको र आइतबार युवाहरूको चर्चित फेसबुक समूह एमआरआरलाई निष्क्रिय तुल्याइएको सन्दर्भमा दीपकको यस्तो अभिव्यक्ति बाहिर आएको हो ।

कामको कुरा गर्दा दीपक ‘छक्कापञ्जा ४’को छायाङ्कनलाई अन्तिम रूप दिने तयारीमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस