किन एमाले उम्मेदवारलाई भोट माग्दै छन् निखिल उप्रेती ?  « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

किन एमाले उम्मेदवारलाई भोट माग्दै छन् निखिल उप्रेती ? 


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । अभिनेता निखिल उप्रेतीलाई यतिबेला चुनावी चटारो छ । भोट माग्दै उनी मतदाताको घरदैलोमा पुगिरहेका छन् । केही दिनदेखि उनी सर्लाही क्षेत्र नम्बर ३ मा चुनावी अभियानमा व्यस्त छन् ।

तर निखिल चुनावी उम्मेदवार चाहिँ होइनन् । न त उनी एमालेको पक्षमा यसरी खुलेका नै छन् । तर चलेका हिरो यसरी घरदैलोमा भोट माग्दै हिँड्नुको पछि कथा भने भिन्न छ ।

निखिलका दाजु हरि उप्रेती मंसिर ४ को चुनावमा सर्लाही(३ बाट प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार हुन् । पित्तथैलीको समस्याले उनका दाजु वीर अस्पतालमा भर्ना भएपछि चुनावी अभियान चलाउने जिम्मा निखिलको काँधमा आएको हो ।

अहिले एमाले कार्यकर्तालाई लिएर निखिल दाजु हरिका लागि भोट माग्न व्यस्त छन् । चुनावसम्मै दाजुलाई सघाउने उनको योजना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस