केपी ओलीसँग नैतिकता छैन : घनश्याम भुसाल « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

केपी ओलीसँग नैतिकता छैन : घनश्याम भुसाल


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । नेकपा (एमाले)का पूर्व उपमहासचिव घनश्याम भुसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन्।

नैतिकता भएको भए आफैँले विघटन गरेको संसद प्रतिस्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाई थियो। 

आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरूले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको जिकिर समेत गरे। 

सत्तारूढ गठबन्धनको साथ लिएर रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बनेका उनले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधान माथि नै आक्रमण गरेपछि आफूहरूले विरोध गर्नु परेको उल्लेख गरे। 

नेता भुसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोप समेत लगाए। त्यसक्रममा उनले ओलीले संविधानलाई कागजको खोष्टोमा परिणत गराउने दुस्साहस गरेको जिकिर समेत गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस