डा. कार्की उम्मेदवारी खारेजविरूद्ध सर्वोच्च जाँदै « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

डा. कार्की उम्मेदवारी खारेजविरूद्ध सर्वोच्च जाँदै


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी डा. तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि आयोगको निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत जाने भएकी छन्।

निर्वाचन आयोगले शनिबार कार्की उम्मेदवार हुन अयोग्य रहेको विज्ञप्ति निकालेको थियो। उम्मेदवारी खारेजविरूद्ध उनी सर्वोच्च अदालत खुलेपछि रिट लिएर जाने भएकी छन्।

सार्वजनिक पदमा बसेर लाभ लिइरहेका व्यक्तिले राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो।

सम्बन्धित समाचार : ललितपुर-३ मा डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

हेर्नुस् कार्की पत्र :

हेर्नुस् आयोगको विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस