दार्चुला घटना : गल्ती स्विकार्दै भारतीय निर्माण कम्पनीले १६ लाख दिने « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

दार्चुला घटना : गल्ती स्विकार्दै भारतीय निर्माण कम्पनीले १६ लाख दिने


१३ कार्तिक २०७९, आइतबार


काठमार्डाैँ। तावाघाट-लिपुलेक सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले बालक पवन महराको मृत्युमा गल्ती स्विकार्दै उनको परिवारलाई १६ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति गरेको छ ।

शनिबार भारतको धार्चुलास्थित एसडिएम कार्यालयमा पीडित परिवारसँग भएको छलफलमा कम्पनीका प्रतिनिधिले गल्ती स्वीकार गर्दै १० लाख भारतीय रुपैयाँ दिने सहमति बनेको व्यास गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले जानकारी दिए ।

कम्पनीले सुरुमा हिक्मत महरासँग उनका चार सन्तानको कक्षा १२ सम्मको पढाइ खर्च व्यहोर्ने र परिवारका एक जनालाई कम्पनीमा रोजगारी दिने प्रस्ताव गरेको थियो । तर, उनले नगदै क्षतिपूर्ति मागेपछि त्यसैअनुसार सहमति बनेको हो । शनिबार पीडित परिवार लिएर दार्चुलाका जनप्रतिनिधिको टोली छलफलका लागि धार्चुला गएको थियो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा विना सूचना विस्फोट गराउने ज्यादतीका गतिविधि रोक्न टोलीले भारतीय पक्षसँग आग्रह गरे पनि गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस