दुईपांग्रे सवारीमा बालबालिकालाई नचढाउन ट्राफिक प्रहरीको अनुरोध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दुईपांग्रे सवारीमा बालबालिकालाई नचढाउन ट्राफिक प्रहरीको अनुरोध


१२ कार्तिक २०७९, शनिबार


काठमाडौँ । प्रहरीले दुई पाङग्रे सवारीसाधनमा सवार बालबालिका अत्यन्त जोखिममा रहेको जनाएको छ । तीव्र गतिमा गुडेका दुई पाङग्रे सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने गरेको र त्यसमा सवार बालबालिकाहरु दुर्घटनाको शिकार हुने क्रम बढ्दो रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैले ट्राफिक प्रहरीले सुरक्षित तवरले बालबालिका राखेर दुई पाङ्ग्रे सवारी साधन नचलाउन सर्वसाधारणमा अनुरोध गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता अवदेश विष्ट क्षेत्रीले सुरक्षित तवरले सवारी साधन चलाउन र ट्राफिक नियम पालना गर्न अनुरोध गरेका छन् ।

प्रहरीको दुर्घटना कम गर्ने अभियानमा सबैबाट सहयोगको अपेक्षा रहेको पनि प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस