माओवादीका बागी उम्मेदवारलाई कारबाही, साधारण सदस्यबाटै निष्कासित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

माओवादीका बागी उम्मेदवारलाई कारबाही, साधारण सदस्यबाटै निष्कासित


१२ कार्तिक २०७९, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्ना पार्टीका बागी उम्मेदवारहरूलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ। माओवादी केन्द्रले विशेष परिपत्र जारी गर्दै पाँच जना उम्मेदवारलाई निष्कासन गरेको हो।

माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज भण्डारी, अशोककुमार मण्डल, वीरेन्द्र यादव, दीपेन्द्रबहादुर पुन र काशीचन्द्र बराललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो।

हेमराज भण्डारीले धनकुटाबाट प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका छन्। यस्तै, अशोककुमार मण्डलले सप्तरी-१ (सङ्घ), वीरेन्द्र यादवले पर्सा-४ (सङ्घ), दिपेन्द्र बहादुर पुन मगरले प्रदेशतर्फ रोल्पा १ र काशीचन्द्र बराल (सङ्घ)ले कालिकोटबाट उम्मेदवारी दिएका छन्।

गठबन्धनका विरुद्ध स्वतन्त्र उम्मेदवार रहेको भएमा वा त्यस प्रकारका उम्मेदवारको प्रस्तावक र समर्थक रहेको भएमा पार्टीका सम्बन्धित प्रदेश समितिहरूले तत्काल केन्द्रीय कार्यालयमा कारवाहीका लागि सिफारिस गर्नुपर्नेछ।

जिल्ला र स्थानीय तहका पार्टी समितिका सदस्यहरूले पार्टी र गठबन्धनको निर्णय विपरीत स्वतन्त्र उम्मेदवारी दिएको वा त्यस प्रकारका उम्मेदवारको प्रस्तावक र समर्थक रहेको भएमा पार्टीबाट निष्कासनको कारबाही गरिने माओवादी केन्द्रले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस