विपन्नलाई १० हजार किरिया खर्च दिने कांग्रेसको घोषण « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

विपन्नलाई १० हजार किरिया खर्च दिने कांग्रेसको घोषण


१२ कार्तिक २०७९, शनिबार


काठमाडौँ । नेपाली कांग्रेसले विपन्न नागरिकलाई मृत्यु संस्कारका लागि १० हजार दिने घोषणा गरेको छ ।

‘विपन्न आर्थिक अवस्था भएका नागरिकको मृत्यु हुँदा मृत्यु संस्कार खर्च १० हजार स्थानीय सरकार मार्फत् उपलब्ध गराउने’ कांग्रेसले शनिबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा उल्लेख छ ।

३ वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्नेदेखि ५ वर्षभित्र सबै नागरिकको बिमा र बिमामार्फत गम्भीर प्रकृतिका रोगको उपचार सुनिश्चित गर्ने बाचा कांग्रेसले गरेको छ ।

६५ वर्षमाथिका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न, अत अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंमसेविकालाई निःशुल्क बिमा गर्ने बाचा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस