आरजू छठ हेर्न जनकपुर आउँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आरजू छठ हेर्न जनकपुर आउँदै


१२ कार्तिक २०७९, शनिबार


जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवापत्नी एवं नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु देउवा राणा छठ पर्व हेर्न जनकपुरधाम आउन लागेकी छन्। राणा छठ पर्व हेर्न उनी आइतबार अपराह्न जनकपुर आउन लागेकी हुन्।

आइतबार साँझ राणाको जनकपुरधामको गंगा सागरमा छठ पर्व हेर्ने कार्यक्रम रहेको र सोमबार बिहान छठ पर्व हेर्न राणा पूर्वउपसभापति विमलेन्द्र निधिको गाउँ नगराइन नगरपालिका जाने कार्यक्रम छ।

आइतबार जनकपुर आइसकेपछि विमानस्थलबाट राणाको सोझै मिल्स एरियास्थित पूर्वगृहमन्त्री निधि निवासमा खाना खाने कार्यक्रम रहेको सभापति पजियार भने।

दिनको खानापछि केहीबेर होटलमा विश्राम गरेर साँझ छठ पर्व र गगां आरती हेर्न राणा गंगा सागर पुग्ने जानकारी दिए।

राति होटलमा विश्राम गरेर सोमबार बिहानै सूर्योदयअघि राणाको पूर्वउपसभापति निधिको गाउँ नगराईन पुगेर छठ पर्व हेर्ने कार्यक्रमसमेत रहेको हो।

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न भइसकेपछि धनुषा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति धीरेन्द्र निधिको निवासमा प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि राणा र पूर्वउपप्रधानमन्त्री एवम् गृहमन्त्री बिमलेन्द्र निधिले नगराईन नगरपालिकाअन्तर्गतको नेपाल–भारत सीमा जटही पुगेर नाका अवलोकन गर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस