कालिकोटमा बम विस्फोट हुँदा २ जनाको मृत्यु, ३ जना गम्भीर घाइते « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कालिकोटमा बम विस्फोट हुँदा २ जनाको मृत्यु, ३ जना गम्भीर घाइते


१२ कार्तिक २०७९, शनिबार


काठमाडौँ। कालिकोटमा बम विस्फोट भएको छ। विस्फोटक पदार्थ पड्किँदा २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार तिलागुफा १० कि ४ वर्षकी झरना थापाको मृत्यु भएको हो ।

सुरक्षाका लागि प्रशासनलाई गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाँणले कालिकोटको तिलागुफा नगरपालिका १० रानावाडामा विस्फोटक वस्तु पड्किँदा गम्भीर घाइते भएकाहरू बच्चा बच्चीको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणको निर्देशनपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर कालिकोट पुगेर अवतरण गरिसकेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले त्यसका कुनै कसुर बाँकी नराख्न गृहमन्त्री खाँणले गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

विस्फोटक पदार्थ पड्किदा चार जना गम्भीर घाइते भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घाइतेमध्ये ४ वर्षकी सरस्वती रानाकाे उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा सोही ठाउँकै ७ वर्षका कमल थापा, ५ वर्षका मुस्कान थापा र ३ वर्षकी सपना थापा गम्भीर घाइते भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस