साउदी अरबका युवराज मोहम्मदले पाकिस्तानको भ्रमण गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

साउदी अरबका युवराज मोहम्मदले पाकिस्तानको भ्रमण गर्ने


१२ कार्तिक २०७९, शनिबार


काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले साउदी अरबका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानले छिट्टै पाकिस्तानको भ्रमण गर्ने बताएका छन्।

शुक्रबार राजधानी इस्लामावादमा रहेको नेशनल पुलिस एकेडेमीको एक कार्यक्रममा प्रधानमन्त्री सरिफले यस्तो बताएका हुन्।

उनले युवराजले पाकिस्तानको विकास परियोजनामा ​​सहयोग गर्न इच्छुक रहेको पनि जानकारी दिए।

युवराज सलमानको भनाइ उद्धृत गर्दै सरिफले भने,’पाकिस्तान र साउदी अरबका मानिस एउटा नातामा बाँधिएका छन्। हामी एक परिवारजस्तै रहेका छौँ र म पाकिस्तानका लागि जे पनि गर्न तयार छु।’

प्रधानमन्त्री सरिफको यो बयान केही दिनअघि साउदी अरबको भ्रमण गरेपछि आएको हो। यस भ्रमणका क्रममा दुवै नेताले आपसी सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रधानमन्त्री सरिफले युवराज मोहम्मद बिन सलमानसँगको भेटमा ढिलाइ भएकोमा माफी मागेकोसमेत बताए।

Tags :
प्रतिक्रिया दिनुहोस