जिल्ला प्रशासनले हटायो भंगहा नगरपालिकाको कर्फ्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जिल्ला प्रशासनले हटायो भंगहा नगरपालिकाको कर्फ्यु


१२ कार्तिक २०७९, शनिबार


महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले भंगहा नगरपालिका ८ पररियाटोलमा लगाइएको कर्फ्यु हटाइएको छ ।

सो क्षेत्रको अवस्था सामान्य भएपछि गए राति १० बजेदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले विज्ञप्ति प्रकाशन गरी जनाएको छ।

सो क्षेत्रको अवस्था समान्य भएपछि सुरक्षा संयन्त्रको बैठकले गरिएको सहमति अनुसार कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

गए राति १० बजेदेखि कर्फ्यु हटाइएपछि अवस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। अवस्था सामान्य भएपछि स्थानीयहरूले अहिले छठको तयारी गर्नमा व्यस्त रहेका छन्।

गत बिहीबार हिन्दु र मुस्लिम समुदायका पक्षबिच झडप भएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा अनिश्चित कालिन कर्फ्यु लगाएको थियो।

घटना छानबिन गर्न समिति गठन
सो घटनाको निष्पक्ष रूपमा छानबिन गर्नका लागि गृह मन्त्रालयले सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

सो समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य छन्।

भंगहा– ८ को पररिया टोलमा दुई पक्षबिच भएको झडपमा परि १५ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूको विभिन्न स्थानमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार : हिन्दु-मुस्लिमबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न महोत्तरी प्रशासनलाई निर्देशन

Tags :
प्रतिक्रिया दिनुहोस