छोरा मारेको आरोपमा दाजुभाइबिच झडप, प्रहरीद्वारा तीन राउण्ड हवाई फायर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

छोरा मारेको आरोपमा दाजुभाइबिच झडप, प्रहरीद्वारा तीन राउण्ड हवाई फायर


१२ कार्तिक २०७९, शनिबार


सर्लाही । सर्लाहीको हरिपूर्वामा छोरा मारेको आरोपमा भाइको परिवारमाथि आक्रमण भएको छ ।

शुक्रवार साँझ हरिपुर्वा नगरपालिका–५, निवासी भरत रायको परिवारले भाइ गणेशी रायको परिवारमाथि आक्रमण गरेको हो । ६/७ महिना अघि भरत रायका छोरा झुन्डिएको अवस्थामा फेला परेका थिए । सोही घटनालाई लिएर अहिले दुई दाजुभाइबिच झगडा भएको हो ।

छोरा मनोज रायको हत्या गरेको आरोप लगाउँदै दाजु भरत रायका परिवारले भाइ गणेशी रायको परिवार माथि आक्रमण गरेको हो । दुई दाजुभाइबिचको झगडाले उग्र रूप लिएपछि प्रहरीले तीन राउण्ड हवाई फायर गर्नुपरेको छ ।

स्थानीय समेत घटनामा सहभागी भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको सर्लाही प्रहरीले जनाएको छ । घटना पछि भरत रायले भाइ गणेशी विरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए । त्यस पछि गणेशी फरार भएको स्थानीयको भनाई छ ।

छठ पर्व मनाउन घर आएको समयमा उनीहरूबिच शुक्रवार साँझ झगडा भएको हो । लगत्तै जम्मा भएका भरत पक्षका स्थानीयले गणेशीको घर घेरा हालेका थिए ।

झगडाले उग्र रूप लिएपछि प्रहरीले तीन राउण्ड हवाई फायर गरेर घटनास्थल नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रविण पोखरेले जानकारी दिए । एसपी पोखरेलका अनुसार अहिले घटनास्थल प्रहरीको नियन्त्रणमा आएको छ । अवस्था सामान्य बन्दै गएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस