सुनसरीमा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

सुनसरीमा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु


१२ कार्तिक २०७९, शनिबार


इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका-१० मा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ बूढीगङ्गा-१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान-१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भु राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को४प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-०४१ प ४४११ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्युरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस