२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘इन्टरनेसनल कल मनिटरिङ सिस्टम’ जोड्दै दूरसञ्चार प्राधिकरण

अ+ अ-

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेसनल कल मनिटरिङ सिस्टम’ जडान गर्ने भएको छ । यो प्रणाली जोड्न भएको टेन्डर रद्द गर्न खोजिएपछि लामो समयसम्म अलपत्र परेको थियो ।

सर्वोच्च अदालतले पुरानै प्रक्रियामार्फत खरिद प्रक्रिया अघि बढाउन फैसला गरेको थियो ।

‘रेभिन्यु असुरेन्स’ (राजस्वको निगरानी), फ्रड डिटेक्सन (ठगी नियन्त्रण) तथा क्वालिटी असुरेन्स (गुणस्तरको सुनिश्चितता) का लागि भन्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत यस्तो प्रणाली खरिद प्रक्रिया अघि बढेको हो । यसअनुसार ‘इन्टरनेसन कल मनिटरिङ सिस्टम-प्रोब्स, कस्टमाइज्ड ड्राइभ, टेस्ट इक्विपमेन्ट र यसको एसोसरिज’ किन्न लागिएको छ ।

तर, आयातित उपकरणको मूल्य अस्वभाविक भएको भन्दै भन्सार प्रशासनले अनुसन्धान गरेको चर्चा भएको थियो । एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी गरिएको स्टान्डर्ड बिडिङ डकुमेन्टअनुसार नै आशयपत्र माग गरी छनोट भएको संस्थाहरूबाट प्राविधिक र आर्थिक प्रस्ताव माग गरिएको बताएको छ ।

सर्वोच्च अदालतको फैसलापछि नयाँ प्रविधि अनुसारको प्रस्ताव गरे भन्दा थप सेवा, सफ्टवेयर तथा उपकरण समेत प्राप्त गरी खरिद गर्ने सम्झौता भ्यानराइज सोलुसन्स सल अफसोर, लेबनानसँग सम्झौता गरिएको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाली बजारमा नपाउने उपकरणहरू तथा यो प्रोजेक्टमा मात्रै प्रयोग गर्न सक्ने विशेष प्रकारको उपकरणहरू भी प्रोब एप्लाइन्सेस फर भोइस एन्ड एसएमएस ट्राफिक-१०९ सेट, ल्यापटेप विथ ड्राइभ टेस्ट किट र कन्ट्रोल प्यानल(२ सेट, सेल फोन(८ सेट ल्याउन लागिएको छ,’ प्राधिकरणले भनेको छ ।

प्रतिक्रिया दिनुहोस