२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको इज्जतका लागि पनि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ, गठबन्धनलाई हराउने हो : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको इज्जतका लागि पनि झापा-३ मा राजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने बताएका छन् ।

शुक्रबार झापा-३ मा आयोजित कार्यक्रममा उनले राप्रपा अध्यक्ष लिङ्देनका लागि भोट मागेका हुन् ।

‘एमालेको इज्जतका लागि पनि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ’ उनले भने, हलोलाई पनि भोट हाल्नुपर्छ नभए देशद्रोही आउँछन्, देशद्रोहीलाई रोक्न पनि हलोमा भोट हाल्नुपर्छ । मुख्य कुरा गठबन्धन हराउने हो’ ओलीले भने ।

उनले एमालेले समर्थन गरेका सबै उम्मेदवारले यसपटक जित्ने ठोकुवा गरे ।

एमाले अध्यक्ष ओलीले आगामी निर्वाचनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने बताए । ‘राप्रपा राष्ट्रिय पार्टीको रुपमा आउँछ । संसदमा राजेन्द्र लिङ्देन मात्र होइन, एमालेको साथमा लागेपछि त राष्ट्रिय पार्टी हुन्छ’ उनले भने ‘जसपा राष्ट्रिय पार्टी थियो, कायम रहन्छ ।’

अध्यक्ष ओलीले नेपाली काँग्रेस र माओवादी केन्द्र राष्ट्रिय पार्टी बने पनि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी भने राष्ट्रिय पार्टी बन्न नसक्ने दाबी गरे ।

‘काँग्रेस राष्ट्रिय पार्टी रहने भयो, यसपल्टको हकमा माओवादी पनि राष्ट्रिय पार्टी बन्छ । माधव नेपालहरूले पनि एउटा पार्टी खोलेका छन्, त्यसको कन्तबिजोग हुन्छ, के को राष्ट्रिय पार्टी ?’

लोकतान्त्रिक समाजवादी पार्टी पनि यसपटक राष्ट्रिय पार्टी नबने ओलीले बताए ।

राष्ट्रिय पार्टी बन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक पद्धतितर्फ कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ र प्रत्यक्ष निर्वाचन प्रणालीबाट पनि एक सिट जित्नुपर्छ ।

ओलीले एमाले एक्लैले बहुमत ल्याउने दाबी गरे । एमालेले बहुमत ल्याए पनि एमालेको साथमा रहेका जनता समाजवादी पार्टी र राप्रपासहितको सरकार बन्ने बताए ।

प्रतिक्रिया दिनुहोस