२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषध ओसारपसारको आरोपमा प्रहरी हवल्दारसहित २ जना पक्राउ

अ+ अ-

काठमाडौँ । कैलाली कारागारमा लागुऔषध ओसारपसारमा सघाएको आरोपपछि प्रहरी सहायक हवलदार पक्राउ परेका छन् ।

३१ असोजमा धनगढी उपमहानगरपालिका-७ हुलाकी राजमार्गको मनेहराबाट १३ ग्राम लागुऔषधसहित पक्राउ परेका कैलारी गाउँपालिका ६ बस्ने ३३ वर्षीय यादव कुमार चौधरीको बयानका आधारमा प्रहरी सहायक हवलदार अपिल भाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले निजलाई चौधरीको बयानपछि प्रहरी सहायक हवलदार भाटलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको पुष्टि गरेका छन् ।

कारागारमा आश्रित कैदीबन्दीका लागि लागुऔषध ओसारपसार गर्ने गरेको आरोपपछि पक्राउ परेका भाटलाई निलम्बन गरेर उनीमाथि अनुसन्धान भइरहेको जोशीले बताए ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्युरोको टोलीले लागुऔषधसहित से ३ प २६८० नम्बरको मोटरसाइकलमा भारतबाट लागुऔषध ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेका चौधरीले प्रहरी समक्ष उक्त लागुऔषध कारागारमा रहेका कैदी सन्तलाल डगौराका लागि ल्याएको बताएका थिए ।

सोही क्रममा चौधरीले कारागारमा रहेका प्रहरी सहायक हवलदार भाटमार्फत चौकीदार वसन्त बुढा र सन्तोष शाही हुँदै डगौरासम्म पुगाउने गरेको बयान दिएपछि उनीहरू अनुसन्धानमा तानिएका हुन् । बुढा र शाहीमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।