नागार्जुनमा जुवा खालबाट पौने ४ लाखसहित १८ जना पक्राउ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नागार्जुनमा जुवा खालबाट पौने ४ लाखसहित १८ जना पक्राउ


११ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँको नागर्जुनमा जुवा खालबाट १८ जना नगदसहित पक्राउ परेका छन् ।

गयराति नागर्जुन नगरपालिका-७ स्वीजरल्याण्डपार्क नजिकै उदयराज पुरीको दहचोक सिटी भ्यू रिसोर्टमा जुवा खेल्दै गरेका १८ पुरुषलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरूको साथबाट ३ लाख ८२ हजार ५ सय ९५ रूपैयाँ नगद, १५ बुक तास र कौडा बरामद भएको बताइएको छ ।

पक्राउ परेकालाई प्रहरी वृत्त स्वयम्भूमा हिरासतमा राखी अनुसन्धान सुरू गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस