पूर्वी नवलपरासीमा दुई जना मृत भेटिए « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

पूर्वी नवलपरासीमा दुई जना मृत भेटिए


११ कार्तिक २०७९, शुक्रबार


कावासोती । पूर्वी नवलपरासीमा बिहीबार दुई जना मृत भेटिएका छन् ।

बुलिङ्गटार गाउँपालिका-६ हडाहाटारका २५ वर्षीय सञ्जय कुमाल आफ्नै घर नजिकैको परालको टौवामुनि मृत भेटिएको हो । 

इलाका प्रहरी कार्यालय डेढ गाउँका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । 

यस्तै गैँडाकोट नगरपालिका-१ स्थित नारायणी नदीमा नुहाउन जाँदा ९३ वर्षीय वृद्धको मृत्यु भएको छ । गैँडाकोट-१ का टङ्कनाथ कँडेलको नुहाउने क्रममा नारायणीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस