सवारी दुर्घटनामा कैलालीमा एक युवकको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सवारी दुर्घटनामा कैलालीमा एक युवकको मृत्यु


१० कार्तिक २०७९, बिहिबार


काठमाडौँ । सडक दुर्घटनामा घाइते भएका कैलालीको गोदावरी नगरपालिका-३ तेघरीका  शेरबहादुर पुन मगरको मृत्यु भएको छ । उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगङ्गा नगरपालिका वडा ३ को कुचेनीमा आज पश्चिमबाट पूर्व जाँदै गरेको बा १२ च २११४ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको सुपप्र ०१-००८ प ५७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पुनमगर गम्भीर घाइते भएका थिए । ठक्कर दिने जिप र चालक युसुभ श्रेष्ठलाई इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस