हेटौँडामा चक्कु प्रहारबाट एक जनाको निधन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हेटौँडामा चक्कु प्रहारबाट एक जनाको निधन


१० कार्तिक २०७९, बिहिबार


काठमाडौँ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-९ कर्रापुल नजिकै अज्ञात व्यक्तिको चक्कु प्रहारबाट बुधबार राति एक युवक गम्भीर घाइते भएका छन् । स्थानीय २८ वर्षीय अजित लामा चक्कु प्रहारबाट घाइते भएका प्रहरीले जनाएको छ ।

चक्कु प्रहार गर्ने युवक भने फरार रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार घाइते लामाको हेटौँडा अस्पतालमा प्राथमिक उपचारपछि भरतपुर रिफर गरिएको छ ।

लामालाई चक्कु प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्नेको पहिचान भने भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस