२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाडपर्व र इतिहासलाई संरक्षित र संवर्द्धन गर्नुपर्छ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरूको हातबाट भाइटिका ग्रहण गरेका छन्। बिहीबार भाइटिकाको अवसरमा शुभ साइतमा उनले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटिका ग्रहण गरेका हुन्।

ओलीले बालकोटामा भाइटिकाको शुभ साइत ११ बजेर ३७ मिनेटमा आफ्ना बहिनीहरूबाट भाइटिका ग्रहण गरे। त्यस अवसरमा उनले बहिनीहरूले दिएका भाइमसला ग्रहण गर्दै बहिनीहरूलाई पनि सप्तरङ्गी टीका लगाइ दिएका थिए।

यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा वास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदिबहिनी र दाजुभाइको सुख-समृद्धि, आरोग्य एवं दीर्घायुको कामना गर्ने गरिन्छ।

टीका ग्रहणपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भाइटिकाले दिदिबहिनीहरुसँग मिल्ने अवसर जुटाएको बताए । उनले हरेक चाडपर्वहरूको महत्त्व फरक-फरक हुने भन्दै चाडपर्वहरूको संरक्षण र संवर्द्धन गर्न जरुरी रहेको बताए। उनले हजारौँ वर्ष लगाएर संरक्षण गरिएका चाडपर्व र इतिहासहरूलाई सबै नेपालीहरूले संरक्षित गर्नु र संवर्द्धन गर्नु अहिलेको आवश्यकता भएको बताए।

उनले आजको समय किंवदन्तीको नभई, तथ्य र तथ्याङ्कको भएकाले चाडपर्वमा रहेका कमजोर पक्षहरूलाई हटाउनुपर्ने बताए। अध्यक्ष ओलीले नेपाली चाडपर्वहरू महत्त्वपूर्ण र विशेषताहरूले भरिएको भन्दै यसको संरक्षणमा जुट्न पनि आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस