टी-२० विश्वकप : बङ्गलादेशमाथि दक्षिण अफ्रिकाको सहज जित, रस्सोले खेले शतकीय इनीङ  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टी-२० विश्वकप : बङ्गलादेशमाथि दक्षिण अफ्रिकाको सहज जित, रस्सोले खेले शतकीय इनीङ 


१० कार्तिक २०७९, बिहिबार


काठमाडौँ । आइसिसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले जित निकालेको छ ।

सिड्नीमा बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई १ सय ४ रनले हराएको हो ।

दक्षिण अफ्रिकाले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १६ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो ।

बङ्गलादेशका लिटोन दासले सर्वाधिक ३४ रन जोडे । सौम्य सरकारले १५ तथा मेहदी हसन मिराजले ११ र तास्किन अहमेदले १० रन बनाए ।

दक्षिण अफ्रीकाका एन्रीच नोर्कियाले ४ विकेट लिए । ताब्रेज शम्सीले ३ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन जोडेको थियो ।

दक्षिण अफ्रीकाका रिली रस्सोले १ सय ९ रनको शतकीय इनीङ खेले ।

क्विन्टन डी ककले ६३ रनको अर्धशतकीय इनीङ खेले । बङ्गलादेशका शकिब अल हसनले २ विकेट लिए ।

जितसँगै समूह २ को दक्षिण अफ्रिकाले २ खेलमा ३ अङ्क जोडेको छ । दक्षिण अफ्रिका समूहको शीर्ष स्थानमा रहेको छ ।

बङ्गलादेश २ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस