टी-२० विश्वकप : दक्षिण अफ्रिका र बङ्गलादेशबिच प्रतिस्पर्धा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टी-२० विश्वकप : दक्षिण अफ्रिका र बङ्गलादेशबिच प्रतिस्पर्धा


१० कार्तिक २०७९, बिहिबार


काठमाडौँ । अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा बिहीबार तीन खेल हुँदै छन्। पहिलो खेलमा दक्षिण अफ्रिका र बङ्गलादेशले शीर्ष १२ अन्तर्गत समूह २ मा प्रतिस्पर्धा गर्दै छन्।

दक्षिण अफ्रिका आफ्नो दोस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो। पहिलो खेलमा जिम्बाब्वेसँग वर्षाका कारण अङ्क बाँडेको दक्षिण अफ्रिका पहिलो जितको खोजीमा रहेको छ। पहिलो खेलमा नेदरल्याण्डलाई पराजित गरेको बङ्गलादेश लगातार दोस्रो जितको प्रयासमा हुने छ।

त्यस्तै बिहीबार नै हुने समूह २ को अर्को खेलमा भारतले नेदरल्याण्डको सामना गर्दै छ। पहिलो खेलमा पाकिस्तानलाई रोमाञ्चक रूपमा पराजित गरेको भारत लगातार दोस्रो जितसहित सेमिफाइनल सम्भावना बलियो बनाउने लक्ष्यमा छ।

नेदरल्याण्ड भने पहिलो जितको खोजीमा रहेको छ। पहिलो खेलमा बङ्गलादेशसँग हारेकाले दोस्रो खेलमा जित निकाल्ने प्रयासमा नेदरल्यान्ड रहेको छ। तर भारत र नेदरल्याण्डबीचको खेलमा वर्षा बाधक हुने खतरा रहेको छ।

त्यस्तै समूह २ मानै जिम्बाब्वे र पाकिस्तान पनि प्रतिस्पर्धा गर्दै छन्। पहिलो खेलमा जित नजिक पुगेर हारेको पाकिस्तान दोस्रो खेलमा जित निकाल्नुपर्ने दबाबमा छ। जिम्बाब्वे भने दक्षिण अफ्रिकासँग वर्षाका कारण अङ्क बाँडेकाले पाकिस्तानलाई पराजित गर्दै ३ अङ्क बनाउने प्रयासमा छ।

Tags :
प्रतिक्रिया दिनुहोस