बसले ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बसले ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


९ कार्तिक २०७९, बुधबार


काठमाडौँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा यात्रुबाहक बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।

मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन्। उनको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १-०१-०१२ प ४९९६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट काँकरभिट्टा तर्फ गइरहेको मे १ ख २३२१ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको थियो।

दुर्घटनामा परेर दमक(५ बस्ने निर्मल दासको मृत्यु भएको छ। मोटरसाइकलको पछाडि सवार सौरभ मदक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा संलग्न धुर्वतारा यातायातको उक्त बस र चालकलाई इलाका प्रहरी कार्यालय, झिलझिलेले नियन्त्रणमा लिएको छ।

प्रहरीले दुर्घटनाका बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस